एमसीसी अविलम्ब पास गर्नुपर्छ : भवानी राणा



काठमाडौं मंसिर ११ ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी चाँडै नै पास गर्नु पर्ने बताएकी छन् ।

बिहीबार राजधानीमा आयोजीत महासंघको ५४ औँ वार्षीक साधारणसभामा एमसीसी पास गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छिन ।

राणाले मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन एमसीसी आवश्यक रहेको र यसलाई छिटो पारित गर्नुपर्ने धारणा राखिन् । उनले विद्युतको विकासका लागि एमसीसीको भूमिका महत्वपूर्ण हुने भन्दै यसलाई अविलम्ब पास गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी हुन् ।

कठिन अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निजी क्षेत्र अहोरात्र खटिइरहेको बताइन् । उनले १३ वर्षभन्दा बढी आफू महासंघमा काम गरेको बताउँदै ५४ औं वर्षको इतिहासमा आफू पहिलोपटक महिला अध्यक्ष भएकोमा सबैलाई धन्यवाद ज्ञापन दिइन् ।

उनले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै अर्थतन्त्र चलायमान बनाउन आफूले भूमिका खेलेको बताइन् । उनले महासंघको कोभिडको संकटको कारणले चैत २८ र २९ गते साधारणसभा आयोजना गर्न नसकेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्