थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, १४ सय ३७ जना डिस्चार्ज



काठमाडौं मंसिर ११ ।

नेपालमा थप १६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने अहिलेसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै १४३७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्