बालिका बलात्कारको घटनाप्रति राष्ट्रसंघको भत्सर्ना



काठमाडौं मंसिर ११ ।

काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको बलात्कार भएको घटनाको भत्सर्ना गरेको छ ।

राष्ट्रसंघले बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल सबै कानूनी प्रक्रिया अवलम्बन गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

घटना घरेलु हिंसा विरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा भएको भन्दै राष्ट्रसंघले यस्ता घटनालाई रोकथाम गर्नुपर्ने र हिंसाका घटनालाई सम्बोधन गर्न माग गरेको छ । राष्ट्रसंघलले कुनै घटना हुने बित्तिकै आवश्यक प्रक्रिया थाल्न र दोषीलाई कारबाहीको प्रत्याभूति गर्न समेत आग्रह गरेको छ ।

राष्ट्रसंघले बर्दिवासकी बालिकालाई न्याय प्रदान गर्न र सबै महिला तथा बालिकाहरुलाई संरक्षण गर्न आग्रह गरेको छ । राष्ट्रसंघले प्रदर्शनकारी र प्रहरीलाई उनीहरुको आवाज जिम्मेवारीपूर्वक उठाउन र संयमता अपनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्