काठमाडौँ उपत्यकामा ७८५ कोरोना संक्रमित थपिए



काठमाडौं मंसिर ११ ।

काठमाडौँ उपत्यकामा आज ७८५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा ३३७ महिला र ४४८ पुरुष गरि ७८५ जना संक्रमित भएका हुन् । त्यस्तै काठमाडौँमा ६२०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार अहिले काठमाडौँमा ७ हजार ६४४ सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा ५८९ र ललितपुरमा १४ सय ९४ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लाका ७७ हजार ७८९ जना संक्रमण मुक्त भएका छन् भने भक्तपुरका ७ हजार ४८ र ललितपुरका ११ हजार २१४ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लामा ३३९ कोरोना संक्रमितको मृत्यु भएको छ भने भक्तपुरका ८९ जना र ललितपुरका ९६ जनाको कोरोनाबाट मृत्यु भएको छ । अहिलेसम्म काठमाडौँमा कुल ८५ हजार ७७२ जना संक्रमित भएका छन् भने भक्तपुरका ७ हजार ७२६ र ललितपुरका १२ हजार ८०४ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्