खोरमा पारेर चितुवा नियन्त्रण



तनहुँ,मंसिर ११ । तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा पारेर बिहीबार चितुवा नियन्त्रणमा ल्याइएको छ ।

मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा पारेर चितुवा नियन्त्रणमा ल्याइएको हो ।

मजुवा ओख्ले सामुदायिक वनमा थापिएको खोरमा परेर दोस्रो पटक चितुवा नियन्त्रणमा ल्याइएको हो । गत वर्ष सोही खोरमा एउटा चितुवा परेको थियो ।

खोरमा परेर नियन्त्रणमा आएको उक्त चितुवा एघारौँ हो । केही दिनअघि मात्रै आँबुखैरेनी गाउँपालिका–२ पौवागाउँमा थापिएको फलामको खोरमा परेर दशौँ चितुवा नियन्त्रणमा आएको थियो ।

जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाले बस्तीमै आएर स्थानीयवासीले पालेका वस्तुमाथि पनि आक्रमण गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्