निकुञ्जको पश्चिमी क्षेत्र वनमा ५ महिनाको ‘केटो’ मृत फेला



चितवन,मंसिर ११ । दुई वयस्क भाले र पोथी गैंडाको लछारपछारबाट गैंडाको बच्चा मृत अवस्थामा फेला परेकाे छ । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका प्रमुख पशुपति अधिकारीका अनुसार कावासोती-१५ स्थित मध्यवर्ती क्षेत्रको स्वर्गद्वारी घाट नजिक ५ महिनाको गैंडाको केटो बिहीवार मृत फेला परेको हो ।

वयस्क भाले–पोथी गैंडा क्रिडा गर्ने क्रममा सँगै रहेको केटो लछारपछारमा परेको हुनसक्ने अधिकारीले बताए । अहिले मृत केटोलाई पश्चिम सेक्टर अमलटारीको कार्यालयमा ल्याईएको छ ।

थप अनुसन्धान भोली चितवन सौराहाबाट चिकित्सक सहितको टोलीले गरिने सेक्टर प्रमुख अधिकारीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्