प्रहरीको केन्द्रिय प्रवक्तामा कुँवर



काठमाडौं, मंसिर १२ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा बसन्तबहादुर कुँवरलाई तोकिएका छन ।

प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई प्रहरी प्रधान कार्यालयले केन्द्रीय प्रवक्ता तोकेको हो ।

नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका काम कारबाही तथा गतिविधिलाई यथार्थ तथा तथ्यपरक रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्न एसएसपी कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्तामा तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्