गुल्मीमा जिप दुर्घटना, पाँचको मृत्यु



गुल्मी, मंसिर १२ । गुल्मीको इस्मामा शुक्रबार बिहान भएको जिप दुर्घटानामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिकाबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा इश्मा २ हुलका डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेको बताइएको छ ।

दुर्घटनामा सरस्वती दर्लामी र फर्सु थापा घाइते भएको र उनीहरुको अबस्था गम्भिर रहेको स्थानीय राम बहादुर कार्कीले बताए । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । दुर्घटनामा जिम १ हजार मिटर भन्दा धेरै भिरबाट खसेको र चालक सकुसल रहेको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्