भतिजको कुटाईबाट काकाको मृत्य



महोत्तरी,मंसिर १२ । महोत्तरी जिल्लामा भतिजको कुटाईबाट काकाको मृत्य भएको छ । गएराति मनरासिस्वा नगरपालिका–१ मा भतिजको कुटाइबाट गम्भीर घाइते ६० वर्षीय खेलावन मण्डलको मृत्यु भएको हो ।

बिहीबार बिहान आपसी विवादमा ३५ वर्षीय विनोद मण्डलले कुटपिट गर्दा गम्भीर घाइते भएका खेलावनलाई स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात घर लगिएकाेमा गए राति मृत्यु भएको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो ।

प्रहरीले कुटपिट गर्ने  विनोदलाई पक्राउ परिसकेकाे छ भने खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको हाे  ।

प्रतिक्रिया दिनुहोस्