पार्टी एकतालाई पूर्णता दिनुपर्छ : मन्त्री नेम्वाङ



पाँचथर मंसिर १२ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चैतमै महाधिवेशन गरेर पार्टी एकतालाई पूर्णता दिएर अघि बढ्नु नै हितकर देखिने बताएका छन् ।

गृह जिल्ला पाँचथर पुगेका मन्त्री नेम्वाङले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । मन्त्री नेम्वाङले नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको समस्या दुई अध्यक्ष मिलेर समाधान गर्नुपर्ने पनि बताए ।

नेताहरूबीच छलफल भइरहेकाले सचिवालयबाटै समस्या समाधान हुने अपेक्षा राखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्