थप १७ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि, १२ सय ३६ जना डिस्चार्ज



काठमाडौं मंसिर १२ ।

गएको २४ घण्टामा नेपालमा एक हजार सात सय तीन जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार सात सय तीन जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको छ ।

१० हजार चार सय ६० जनाको नमुना परीक्षण गर्दा यति सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।त्यस्तै गएको २४ घण्टामा एक हजार दुई सय ३६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख नौ हजार चार सय ३५ पुगेको छ ।

नेपालमा अहिले १७ हजार दुई सय ३७ जना आइसोलेशनमा छन् । यस्तै ६ सय एक जना क्वरेण्टीनमा छन् ।

प्रतिक्रिया दिनुहोस्