कोरोनाबाट नेपालमा थप २३ जनाको मृत्यु, मृतकको संख्या १४ सय ३५ पुग्यो



काठमाडौं मंसिर १२ ।

कोरोनाबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ। मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्