पहिलो टी–ट्वान्टीमा न्युजिल्याण्ड विजयी



एजेन्सी मंसिर १२ ।

न्युजिल्याण्डसँगको पहिलो टी–२० खेलमा वेस्ट इण्डिज पाँच विकेटले पराजित भएको छ ।

१६ ओभरमा एक सय ७६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १५ दशमलव दुई ओभरमा एक सय ७९ रन बनायो । खेल वर्षाले प्रभावित भएपछि १६ ओभरमा झारिएको हो । उसका लागि जेम्स नीशमले अविजित ४८ र मिचेल स्यानटरले अविजित ३१ रन बनाउँदा डेभोन कोनवेले ४१ रन बनाए ।

बलिङतर्फ वेस्ट इण्डिजका लागि ओशेन थोमसले दुई विकेट लिए भने शेल्डोन कोट्रेल र कायरन पोलार्डले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले १६ ओभरमा सात विकेट गुमाउँदै एक सय ८० रन बनाएको थियो । उसका लागि कायरन पोलार्डले अविजित ७५ रन बनाए पनि आन्द्रे फ्लेचरले ३४ रन बनाए ।

बलिङतर्फ न्युजिल्याण्डका लकी फर्गुसनले पाँच विकेट लिँदा टिम साउथीले दुई विकेट लिए । जितसँगै तीन खेलको टी–२० शृङ्खलामा न्युजिल्याण्डले एक–शून्यको अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्