भारतको गुजारातस्थित एक अस्पतालमा आगलागी, पाँचको मृत्यु



एजेन्सी,मंसिर १३ । भारतको गुजरातस्थित एक अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुने कोभिड–१९ सङ्क्रमित विरामी भएको अधिकारीले बताएका छन् ।

श्रोतका अनुसार गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २३७ किलोमिटर पश्चिममा रहेको राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा आगलागी भएको बताइएको छ ।

“शुक्रबार बिहान कोभिड–१९ को उपचारका लागि तोकिएको शिवानन्द अस्पतालको आइसीयूमा आगलागी हुँदा कम्तीमा पाँच कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको छ । अन्य छ जना जलेर घाइते भएकोमा एकको अवस्था गम्भीर रहेको छ ।”श्रोतले भनेको छ।

अस्पतालमा उपचाररत २२ जना विरामीलाई भने सुरक्षित अन्य अस्पतालमा लगिएको बताइएको छ । आगलागीको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्