जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु



रुकुम,मंसिर १३ । रुकुमको आठबिसकोट नगरपालिका ७ पोखरामा जन्ती बोकेको जीप दुर्घटना भएको छ। शुक्रबार राति ८:३० मा भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । घारीखोलाबाट जन्ती लिएर आठबीसकोट दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप शुक्रबार राति दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा आठबिसकोटका ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको छ।

प्रहरीका अनुसार ६० वर्षीय लालबहादुर नेपाली भने दुर्घटनामा सख्त घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्