सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं,मंसिर १३ । चर्चित नेपाली राष्ट्रिय क्रिकेट लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

लामिछाने आफैले कोरोना भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका हुन् । उनी आहिले सेल्फे आइसोलेशनमा छन् ।

बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । स्वास्थ्य अवस्था सामान्य भएको र चाँडै मैदान फर्किने विश्वास उनले व्यक्त गरेका छन्

बन्द प्रशिक्षण अघि गरिएको स्वाब संकलनका क्रममा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलमा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्