चिनियाँ रक्षामन्त्री फेङ्हो भोलि नेपाल आउँदै



काठमाडौं, मंसिर १३ । चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्हो औपचारिक भ्रमणमा नेपाल आउने भएका छन् । फेङ्हो भोलि (आइतबार) एकदिनको लागि नेपाल आउन लागेका हुन् ।

भ्रमण तालिकाअनुसार नेपाल रहदा फेङ्होले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइतबार साँझ नै फर्किने तयारी रहेको चिनियाँ रक्षामन्त्री फेङ्हो नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठ मनाउने सिलसिलामा नेपालको भ्रमण गर्न आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्