कोरोनाका कारण थप दुई जनाको ज्यान गयो



बुटवल,मंसिर १३ । कोरोना संक्रमणका कारण रुपन्देही र कपिलवस्तुमा थप एक/एक गरी बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुष रहेका छन् । उनीहरुको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार यही मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको गएराति मृत्यु भएको हो । उनी मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।

त्यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको पनि गएराति उपचारका क्रममा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । उनी पनि मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२० र कपिलवस्तुमा १८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्