नेकपा सचिवालय बैठक जारी



काठमाडौं मंसिर १३ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको दस्तावेजमा उठेका प्रश्नको लिखित जवाफ पेश गरिरहेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्नो प्रस्ताव राख्न लागेका हुन् । ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर दिने तयारी गरेका छन् ।

पार्टीभित्र आरोप–प्रत्यारोप बढ्दै गर्दा प्रधानमन्त्रीको जवाफी प्रतिवेदन र सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ । आजको बैठकमा ओलीको प्रस्ताव पेस भएपछि त्यसमाथि अध्ययनका लागि एक–दुई दिनको समय लिने र अर्को बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने तयारी छ ।

नेताहरुका अनुसार यससबीचमा संयुक्त प्रस्तावको लागि सहमति जुृटाउने प्रयास हुनेछ । सहमति भएन भने दुवै प्रस्ताव स्थायी कमिटीमा प्रवेश गराउने प्रचण्ड–नेपाल समूहको तयारी छ । अघिल्लो सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्