नेकपा सचिवालय बैठक बालुवाटारमा: प्रधानमन्त्री ओली लिखित जवाफ प्रस्तुत गर्दै



काठमाडौं, मंसिर १३ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । दश दिनको समयावधिपछि शनिबार सचिवालय बैठक बसेको हो ।

आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेश गरिरहेका छन् । यसअघि गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन गरेका थिए । उक्त प्रस्तावमा दाहालले आफूविरुद्ध आरोप लगाएको भन्दै ओलीले मंसिर ३ गते बसेको बैठकमा त्यसको जवाफ तयार पार्न दश दिनको समय मागेका थिए ।

सोहीअनुसार सचिवालय बैठक आज बसेको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले अहिले लिखित जवाफ पेश गरिरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्