महाधिवेशनको तयारीमा लाग्न कार्यकर्तालाई कांग्रेस नेता कोइरालाको निर्देशन



काठमाडौं मंसिर १३ ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सामाजिक र भौतिक दुरी कायम राख्दै १४औं महाधिवेशनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

चिकित्सक समेत रहेका उनले भाईरस अझै केही समय रहिरहन सक्ने बताउॅदै यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुँने बताए। कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउॅन जिल्ला सभापतिहरूलाई आग्रह समेत गरेका छन् ।

नेपाली कांग्रेस सुनसरी काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको रक्तदान कार्यक्रममा डा कोइरालाले भने,” सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो । व्यवस्था नै गुम्छ की भन्ने आशंका शुरु हुन थालेको छ। यस्तो बेलामा महाधिवेशनमार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ।”

प्रतिक्रिया दिनुहोस्