नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक १६ गते बस्ने



काठमाडौं मंसिर १३ ।

सत्तारुढ नेकपाको सचिवालय बैठक पुन: १६ गते बस्ने गरी सकिएको छ ।

शनिवारको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि उनले बताए । दुवै अध्यक्षका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुन्छ, प्रवक्ता श्रेष्ठले बैठकपछि बताए ।

प्रतिक्रिया दिनुहोस्