उद्योग वाणिज्य महासंघको निर्वाचनको मतदान सम्पन्न



काठमाडौं मंसिर १३ ।

उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सकिएको छ ।

निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेसरी न्यौपानेले जानकारी दिए।

बिहान आठ बजेदेखि भएको मतदान अपररान्ह ४ बजे सकिएको हो । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पद सर्वाधिक महत्वपूर्ण मानिन्छ ।

महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भएको हो ।

प्रतिक्रिया दिनुहोस्