स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न सभामुखको आह्वान



काठमाडौं मंसिर १३ ।

सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको सुदृढीकरण र संघीयतालाई स्थायित्व प्रदान गर्न प्रदेशसभाले स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न आह्वान गरेका छन् ।

संघीय संसद् सचिवालयद्वारा आयोजित ‘संघीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया समापन समारोहमा उहाँले कानून निर्माणलगायतका विषयमा अधिकतम सहयोग गरी दिशा निर्देशन गर्न आग्रह गरेका हन् ।

संसद्लाई जीवन्त तुल्याउँदै जनमुखी र व्यावहारिक कानून निर्माण गर्न उहाँले सुुझाव दिएका छन् । सभामुख सापकोटाले भने, ‘सभामुुख र उपसभामुख पद विवादमा नआउने समन्वयकारी भएकाले तटस्थ र निष्पक्ष हुुनुपर्छ, प्रदेशको पहिचान स्थापित गर्ने अहिले ठूलो अवसर र चुनौती छ, राम्रो काम गरेर इतिहास रच्ने अवसरको सदुुपयोग होस् ।’

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बजेट बनाउँदा वार्षिकरुपमा मन्त्रालयगत सीमा तोक्ने पुरानो परिपाटी व्यावहारिक नदेखिएकाले त्यसमा पुनःविचार गरी आवश्यकता र औचित्यका आधारमा बजेट निर्धारण गर्न सुुझाव दिनुुभएको छ ।

प्रतिक्रिया दिनुहोस्