काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिए



काठमाडौं मंसिर १३ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै उपत्यकामा एक लाख ७ हजार ७६९ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा मात्र ८६ हजार ८५६ जना संक्रमित भएका छन्, जसमध्ये ३४८ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८ हजार ४६९ छ। ललितपुरमा १३ हजार ८८ जना संक्रमित भएका छन्। जसमा १०९ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३५३ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार १०४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार १०४ जना निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्