टोखास्थित झोरमा रेडक्रसको रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं,मंसिर १३ । टोखास्थित झोरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी बिष्णुमती उपशाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

शनिबार टोखा नगरपालिका वडा नम्बर १ को बौडेश्वर माध्यमिक विद्यालयमा भएको रक्तदान कार्यक्रममा २३ जना स्थानीयले रक्तदान गरेको सो उपशाखाका सचिव नवराज काफ्लेले बताए ।

सचिव काफ्लेका अनुसार कोरोना महामारी दिनानुदिन वृद्धि भैरहेको समयमा पनि संवत: स्फुर्त स्थानीयले रक्तदान गरेका थिए। टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले संकटको समयमा बिष्णुमति उपशाखाको स्वास्थ्य कर्ममा सबैले साथ दिनुनै आजको मानव धर्म भएको बताए ।

सम्बन्धित कार्यक्रमको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्