नेपाल उद्योग वाणिज्य महासंघको वरिष्‍ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित



काठमाडौं,मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्‍ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । उनले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गरी निर्वाचित भएका हुन ।

ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गरेका छन् । 

ढकाल प्यानलबाट एसोसिएटतर्फका उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् भने प्रधान प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्‍जन श्रेष्ठ र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्‍ठ निर्वाचित भएका छन् । 

वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएसंगै ढकालले अध्यक्षसँग मिलेर निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानलाई प्रमुख मुद्दा  बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्