नुवाकोटमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको शुभारम्भ



नुवाकोट,मंसिर १४ । नुवाकोटमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको औपचारिक रूपमा शुभारम्भ भएको छ । शनिबार एक समारोहका बीच नुवाकोटको विदुर १ मा रहेको शहिद प्रतिष्ठानको भवनमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी शिक्षालयको शुभारम्भ भएको छ ।

सो समारोहमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षालयको शुभारम्भ गरेका हुन। प्राविधिक शिक्षालयका लागि बाली विज्ञान, पशु विज्ञान र होटल व्यवस्थान, सिभिल इन्जिनियरिङको कार्यक्रम सञ्चालनको अनुमति पाइसकेको बताइएको छ ।

स्वर्गीय तत्कालिन माओवादी केन्द्रका महासचिव बोगटीको स्मृतिमा स्थापना हुने बहुप्राविधिक शिक्षालयले नुवाकोटको शैक्षिक विकासमा महत्वपुर्ण टेवा पुग्ने भरोसा थपिएको सरोकारवालाहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्