गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना



नुवाकोट मंसिर १४ ।

बाग्लुङको गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ ।

उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए। हेलिकप्टरमै सवार उनले उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा दुर्घटनामा परेको जानकारी दिए ।

उनका अनुसार पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । केहीलाई सामान्य चोट लागेको छ । यस्तै, हेलिकप्टरको अगाडिको सिसा फुटेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्