काठमाडौं उपत्यकामा ५ सय ४८ जना कोरोना संक्रमित थपिए



काठमाडौं मंसिर १४ ।

काठमाडौं उपत्यकामा थप ५४८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आइतवार काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका छन् । यससँगै काठमाडौंमा अब ८७ हजार २७८ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ८९० जना कोरोना संक्रमित छन् ।

ललितपुरमा १३ हजार १४९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ८ हजार ३१७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्