प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री वेईबीच भेटवार्ता



काठमाडौं मंसिर १४ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ ।

आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । सो भेटका अवसरमा नेपाल र चीनबीचको आपसी सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको बताइएको छ। ।

प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्