सरकार विघटनको सपना कसैले नदेखे हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली



गुल्मी मंसिर १४ ।

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पार्टीभित्रै किचलो निकालेर अहिलेको सरकार विघटन गर्न खोजिएको आरोप लगाउँदै यो सरकार विघटनको सपना कसैलाई नदेख्न चेतावनी दिएका छ्न् ।
आइतबार गृह जिल्ला गुल्मीको सत्यवती गाउँपालिका १ अस्लेवा खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सो चेतावनी दिएका हुन् ।

अहिलेको सरकार जनताले आफ्नो अभिमत दिएर बनाएको बताउँदै मन्त्री ज्ञवालीले यो सरकारले राम्रो काम नगरे जनताले नै बिघटन गर्न सक्ने तर अरुलाई त्यस्तो सपना नदेख्न उनले चेतावनी दिए ।

पार्टीको शीर्ष तहमा भएको आरोप प्रत्यारोपप्रति मन्त्री ज्ञवालीले असन्तुष्टी जनाउदै आएका छन् । कार्यक्रममा उनले जिल्लाको रुद्रवेणी ठुलोलुम्पेक सडक पिच गर्न रकम बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाए । २०७२ सालमा सुरु गरिएको उप्त योजना रकम अभावका कारण अलपत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्