नुवाकोट घ्याङफेदीका आगलागी पीडित तामाङलाई राहत वितरण



नुवाकोट मंसिर १५ । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदी मालुङका आगलागी पीडित श्रीपेन तामाङलाई राहत प्रदान गरिएको छ ।

पीडित तामाङलाई १ थान टेण्ट प्रकोप पीडित राहत तथा उद्धार सम्बन्धी मापदण्ड २०६४ बमोजिम तत्काल राहतस्वरुप २० हजार रुपैयाँ नगद लगायत राहत सामग्री आइतबार वितरण उपलब्ध गराइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । उनका अनुसार तामाङ परिवारलाई नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाबाट प्राप्त भाडा र लत्ता कपडासहितको सेट र उद्योग वाणिज्य संघ, नुवाकोटका वरिष्ठ उपाध्यक्ष गीता अमात्यबाट उपलब्ध गराएको चामल दालसहितको खाद्यान्न पनि उपलब्ध गराइएको छ ।

राहत वितरणका लागि आइतबार जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दयाराम पौडेल र प्रहरी कार्यालयको टोली समुन्द्रटार पुगी पीडित तामाङको परिवारलाई राहत वितरण गरिएको हो ।

मंसिर १३ गते शनिबार करिब २ बजे श्रीपेन तामाङको एक तले घरमा बिजुली सर्ट भई आगलागी हुँदा नगद, अन्नपात लत्ता कपडासमेत ७ लाख बराबरको धनमाल क्षति भएको छ । घटनालगत्तै प्रहरी चौकी समुन्द्रटारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा २ जनाको टोली खोज तथा उद्धारका लागि खटिइ स्थानीय जनसमुदायसँगको सहयोगमा उद्धार कार्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्