शिवपुरीमा गाउँपालिका अध्यक्ष थापाद्वारा १० शय्याको अस्पताल शिलान्यास



नुवाकोट मंसिर १५ । जिल्लाको शिवपुरी गाउँपालिकामा १० शय्याको शिवपुरी अस्पताल भवन शिलान्यास गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सोमबार वडा न. ५ स्थित महाकाली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १० शय्याको अस्पताल बनाउनका लागि अस्पताल भवनको शिलान्यास गरेका हुन् । अस्पतालको निर्माणसँगै अब स्थानीयले सहज स्वास्थ सुविधा पाउने अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।

गाउँपालिकाले एमबिएस डाक्टरसहितको अस्पताल सञ्चालनमा ल्याइसकेको छ । कार्यक्रममा पालिका उपाध्यक्ष मन्जु केसी, आठै वडाका वडाध्यक्ष तथा स्थानीयहरुको उपस्थिति थियो ।

यसैबीच ककनी गाउँपालिका वडा न. ४ स्थित रानिपौवामा गाउँपालिकास्तरीय प्राथमिक स्वस्थ्य केन्द्र थप १० सिट सङ्ख्याको स्वास्थ्य भवनको शिलान्यास गरिएको छ । प्रमुख अतिथि पूर्व खेलकुदमन्त्री नुवाकोट १ न. संघीय सांसद एवं नेकापाका केन्द्रीय सदस्य हितबहादुर तामाङले उक्त भवनको शिलान्यास गरेका हुन् ।

विशेष अतिथिमा वाग्मती प्रदेशसभा सदस्य बद्री मैनालीको पनि उपस्थिति थियो । जिल्लाकै पञ्‍चकन्या गाउँपालिकाको वडा नं ३ घलेभन्ज्याङमा पनि सोमबार नै १० शय्याको अस्पताल भवन उद्घाटन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्