पोखरामा तेस्रो दाइँ महोत्सव सुरु, एक दर्जनभन्दा बढी देशका पर्यटक सहभागी



कास्की, मंसिर १२ । पोखरामा तेस्रो दाइँ महोत्सव–२०८३ सुरु भएको छ। कृषि र पर्यटनलाई जोड्दै नेपाली मौलिक कृषि संस्कृति, परम्परा तथा ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा पोखरा महानगरपालिका–२९, नौबिसे सिसुवामा महोत्सव सुरु भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो।

महोत्सवमा एक दर्जनभन्दा बढी देशका पर्यटक सहभागी भएका छन्। महोत्सवले नेपाली परम्परागत कृषि प्रणाली, दाइँ गर्ने मौलिक शैली र ग्रामीण जीवनशैलीलाई विदेशी पर्यटकमाझ परिचित गराउनुका साथै कृषि तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्