नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ : स्वास्थ्यमन्त्री ढकाल



चितवन मंसिर १६ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताएका छन् ।

मंगलवार योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको बताए ।

उनले भने, “महामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला । जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेका छन् । आत्मबलले कोरोनासँग जित्न सकिन्छ ।”कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकार केन्द्रित रहेको मन्त्री ढकालको भनाइ थियो ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबैको सल्लाहअनुसार आइशोलेसन स्थापना गरिएको बताए । नब्बे जनाको क्षमता रहेको सो आइशोलेसनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गए दुई सयजनासम्म राख्न सक्ने गरी व्यवस्था गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्