थप १३ सय ४ जना कोरोना संक्रमण पुष्टी ,२ हजार ७३ जना डिस्चार्ज



काठमाडौं मंसिर १६ ।

मंगलबार थप १ हजार ३ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा ८ हजार ५८३ जनाको नमुना परीक्षणमा १ हजार ३ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ७३ जना डिस्चार्ज भएसंगै कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना पुगेको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्