काठमाडौं उपत्यकामा ५ सय ३० जना कोरोना संक्रमित थपिए



काठमाडौं मंसिर १६ ।

काठमाडौं उपत्यकामा थप ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमण पुष्टि हुनेमा २ सय ४० महिला र २ सय ९० जना पुरुष रहेका छन् ।

काठमाडौंमा ४ सय ९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार देशभर १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार उपत्यकामा ८ सय ९ जना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्