नेपालगन्जको कमल गार्मेन्टमा आगलागी, २ करोड ५० लाख बराबर क्षति



बाके,मंसिर १७ । मंगलबार साँझ नेपालगञ्जको धम्बोझी चोकमा रहेको कमल गार्मेन्टमा आगलागी भएको छ । आगलागीका कारण २ करोड ५० लाख बराबरको क्षति भएको कमल इन्टरप्राइजेजका सञ्चालक टंक बहादुर धामीले बताए ।

आगलागीले उद्योगको मेसिन, तयारी र काँचो कपडा सबै जलेर ध्वस्त भएको धामीले बताए । धामीका अनुसार मंगलबार साँझ ७ बजे बिजुली सर्ट हुँदा उद्योगमा आगो लागेको थियोे ।

आगलागी पछि बाँके प्रहरीले दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्