ठूला आयोजनाको गति सुस्तायो



काठमाडौं, मंसिर १७ । सामान्य अवस्थामा समेत सुस्त गतिमा अघि बढेको राष्ट्रिय गौरवका आयोजनाहरूमा कोरोनाका कारण थप सुस्त भइरहेको सन्दर्भमा सरकारले यसबारे अध्ययन थालेको छ ।

ठूला आयोजनाले अपेक्षित रूपमा गति लिन नसकेपछि संसदीय समिति, राष्ट्रिय योजना आयोगले विशेष चासो देखाएर अध्ययन थालेका हुन् ।

राष्ट्रिय गौरवका आयोजनाहरूमा कोभिडको असरसम्बन्धी सूक्ष्म अध्ययन गर्न राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले उपसमिति गठन गरेर अध्ययन थालेको छ भने योजना आयोगका उपाध्यक्ष डा। पुष्प कँडेल स्थलगत अध्ययनमा निस्किएका छन् ।

समिति सभापति दिलकुमारी रावल थापाका अनुसार ठूला आयोजनाको स्थलगत अध्ययनपछि सरोकारवाला पक्षसँग छलफल गरेर सरकारलाई निर्देशनसँगै सुझाव दिने तयारी छ । ‘स्थलगत अनुगमन गरी त्यस्ता आयोजनामा परेको असरबारे अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिनेछौं,’ समिति सभापति थापाले भनिन् ।

राष्ट्रिय गौरवका आयोजनामा परेको प्रभावबारे राष्ट्रिय योजना आयोगले गरिरहेको अध्ययनमा बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा पानी परीक्षण गरिए पनि त्यसयता थप उपलब्धि हुन नसकेको, सिक्टा सिँचाइ आयोजना, रानीजमरा कुलरिया र बबई सिँचाइ आयोजनाको गति सुस्त भएको पाइएको छ । ती आयोजनाले कामदारको अभाव र ढुवानी समस्या भोगिरहेका छन् ।

प्रारम्भिक अध्ययनबाट पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काममा पनि कोरोनाले असर गरेको, मध्यपहाडी ९पुष्पलाल० लोकमार्गको कामसमेत प्रभावित भएको पाइएको छ । कोभिड महामारीका क्रममा सेनाले निर्माण गरिरहेका उत्तर–दक्षिण ९कोशी लोकमार्ग०, उत्तर–दक्षिण ९कालीगण्डी कोरिडोर० लोकमार्ग र उत्तर–दक्षिण कर्णाली लोकमार्ग, हुलाकी राजमार्गको कामसमेत सुस्ताएको आयोगको प्रारम्भिक अध्ययनबाट देखिएको छ । द्रुतमार्ग आयोजनामा कटिङ र फिलिङको काम प्रभावित भएको आयोगको प्रारम्भिक अध्ययनले देखाएको छ।

यो समाचा आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्