उच्च स्थायित्व सहितको सेयर बजार आवश्यक



काठमाडौं, मंसिर १७ । शेयरबजारमा पछिल्लो समय देखिएको उतारचढावबाट नयाँ लगानीकर्ता जोखिममा पर्ने सक्ने देखिएपछि यसको स्थायित्वको पक्षमा आवाज उठ्न थालेको छ ।

बजारको अहिलेको उतारचढावलाई सूक्ष्म रूपमा अध्ययन गरी स्थायित्वका लागि नियामक निकाय तथा नीतिनिर्माताका बीच समन्वय हुनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष एवम् अर्थविद् डा। रेवतबहादुर कार्कीले कोभिडका कारण अन्य क्षेत्रमा नकारात्मक असर परिरहेको बेला पूँजी बजारमा देखिएको उतारचढाव अस्वाभाविक रहेको बताएका छन् ।

देशको अर्थतन्त्र पहिलाको तुलनामा कमजोर भएको र सूचीकृत कम्पनीहरूको प्रगति पनि पहिलाभन्दा कमजोर रहेको अवस्थामा बजार बढ्नु जोखिमपूर्ण हुनसक्ने उनको अनुमान छ ।

लगानीकर्ताहरू हल्लाको पछि लागेको उनको भनाइ छ । बजार बढ्ने वा घट्ने सम्भावनाका कारण पहिचान नगरी बजार अभैm माथि पुग्छ भन्ने हल्लाको पछि लगानीकर्ता लागेको कार्की बताउँछन् ।

बैंकले सस्तो ब्याजमा सहज कर्जा प्रदान गरेर पूँजी बजारका लागि प्रोत्साहन गरेकाले बैंक तथा वित्तीय संस्थाहरूलाई पनि चुनौती थपिएको उनको विश्लेषण रहेको छ।

यो समाचा आर्थिक अभियान दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्