अर्घाखाँचीमा आगो ताप्दा जलेर एकको मृत्यु



अर्घाखाँची,मंसिर १७ । जिल्लामा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने ७१ वर्षीय पुतली नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी उनको आगो ताप्दै गर्दा कपडामा आगो सल्किएको बताइएको छ । कोही नभएपछि उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्