नेकपा सचिवालय बैठक मंसिर २० सम्मका लागि स्थगित



काठमाडौं, मंसिर १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर २० सम्मका लागि स्थगित भएको छ ।

बुधबार बसेको प्रधानमन्त्रीको सरकारी निवासको बैठकमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि केही समय बसेर बैठक स्थगित भएको बताइएको छ ।

सुरुमा अध्यक्ष ओली पक्षले बैठक स्थगित भएको घोषणा गरेका थिए तर केहि समयमा ओलीबिनै बैठक सुरु भएतापनि बैठक स्थगित भएको हो। बैठकमा सचिवालयका ७ सदस्यहरुको उपस्थिति रहेको थियो । सचिवालय बैठकका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका ७ नेता २ बजे नै बालुवाटार पुग्नुभएको थियो ।

दिउँसो साढे दुई बजेसम्म कुर्दा पनि प्रधानमन्त्री ओली बैठकमा नआएपछि सुरु भएको बैठक मंसिर २० सम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्