नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर ७५ हजार घुससहित पक्राउ



नुवाकोट,मंसिर १७ । नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर ७५ हजार घुससहित पक्राउ परेका छन् ।

घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनका लागि सेवाग्राहीसँग घुुस लिइरहेको अवस्थामा इन्जिनियर पर्वत पौडेल पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकालबाट खटिएको टोलीले उनलाई घुससहित पक्राउ गरेको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्