माहुरीले टोक्दा गर्भवतीको मृत्यु



सप्तरी,मंसिर १७ । जिल्लाको रुपनी गाउँपालिकामा माहुरीको टोकाइबाट एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी–१ की २४ वर्षीया रमिला यादव रहेकी छन् ।

खेतबाट फर्किरहेकी यादवलाई मंगलबार दिउँसो माहुरील्े टोकेको थियो । परिवारका अनुसार उनलाई एकै पटक सयौँ माहुरीको हुलले मुख, घाँटी र छातीमा टोकेको थियो ।

उनको उपचारको क्रममा स्थानीय युनिक अस्पतालमा मृत्यु भएको हो । ६ महिनाकी गर्भवती यादवका अर्का पाँच वर्षीय छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्