कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु



काठमाडौं, मंसिर १७ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५ सौ ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा नयाँ संक्रमित संख्या भने १४ सय ९० थप भएको छ । पछिल्लो २४ घण्टा समयावधिमा १५ सय ६७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । कुल २ लाख  ३६ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएपनि हालसम्म कोरोना संक्रमणबाट २ लाख १८ हजार १ सय ६१ जनाले मुक्ति पाईसकेका छन् त्यस्तै १६ हजार ५ सय ४७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १७ लाख ५४ हजार ६ सय ३० जनाको पिसीआर परिक्षण भएको छ भने १६ हजार ५ सय ४७ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६ सय ५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्