तीन घण्टापछि काङ्ग्रेस नेता रामचन्द्र पौडेल रिहा



काठमाडौं,मंसिर १७ । तीन घण्टापछि काङ्ग्रेस नेता रामचन्द्र पौडेल रिहा भएका छन् । तनहुँमा प्रहरीले नियन्त्रणमा लिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा हुनुभएका हुन । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नेता पौडेललाई बुधवार अपरान्ह नियन्त्रणमा लिएको थियो ।

नेता पौडेल तनहुँको व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि गृहजिल्ला पुगेका थिए । पौडेलका अनुसार आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले उनको तर्क छ। तर सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको पौडेलले बताए।

पौडेललाई रिहा गरिएसँगै काँग्रेसले दमौली क्षेत्रमा गरिएको पृथ्वी राजमार्गको अवरोध पनि बुधवार रातिदेखि हट्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्