नुवाकोटमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि



नुवाकोट,मंसिर १७ । नुवाकोटमा थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टा जिल्लाका ५९ जनाको पिसिआर परिक्षण हुँदा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितहरु विदुर नगरपालिकाका १० जना, बेलकोटगढी नगरपालिकाका ४ जना, लिखु गाउँपालिकाका २ जना र तारकेश्वर गाउँपालिकाका एक जना रहको छन् । संक्रमितमध्ये ९ पुरुष र ८ महिला रहेको खनालले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या ६ सय १६ पुगेको छ ।

हालसम्म नुवाकोटका ७ हजार ६ सय ६६ जनाको पिसिआर परिक्षण गरिएको स्वाूस्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण एक महिलाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्