सल्यानमा बस दुर्घटना: २२ घाइते, ६ को अवस्था गम्भीर



सल्यान,मंसिर १७ । जिल्लाको खारखोलामा भएको यात्रुबाहक बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् ।

नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहरी जाँदै गरेको ना ४ ख ६७१५ नम्बर यात्रुबाहक बस कुमाख गाउँपालिका–२ खारखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस सडकबाट ३० मिटर तल खसेको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो । गम्भीर घाइतेहरूकाे थप उपचारका लागि नेपालगञ्ज पठाइएकाे यादवकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्