बिहिवार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश सामान्य बदली रहने



काठमाडौं, मंसिर १८ । देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उस्ले हाल देशभरको मौसम सामान्यतया सफा रहने जनाएको हो ।

बिहीबार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाग्मती र प्रदेश नं १ का पहाडी भूभागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।

त्यस्तै, बिहीबार राती लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्